एक्सप्रेसले काठमाडौंमा नियमित उडान थाल्दै एयर इन्डिया एक्सप्रेस

अन्तर्राष्ट्रिय नेपाल आज समाचार

एयर इन्डिया एक्सप्रेसले काठमाडौंमा नियमित उडानहरू सञ्चालन गर्नेछ। टाटा ग्रुप अन्तर्गतको एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेस ले बैंगलोर र मुम्बई बाट दैनिक काठमाडौं उडानहरू सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ। जुन १, २०२५ देखि बैंगलोरबाट दैनिक उडान बिहान ८:०५ बजे सिधै काठमाडौँ आइपुग्ने र बिहान ९:०५ बजे प्रस्थान गर्ने गरी सञ्चालन गरीने छ ।

विगतमा नेपाल एयरलाइन्सले काठमाडौँबाट बैंगलोर को लागि नियमित उडानहरू सञ्चालन गर्थ्यो । तर, हाल कुनै पनि उडान सञ्चालन गरिएको छैन ।

बैंगलोर नेपाली विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो र एयर इन्डिया एक्सप्रेसले दुई शहरहरू बीच उडान सुरु गरेपछि यो उनीहरूका लागि धेरै सुविधाजनक हुनेछ । भारत बाट धार्मीक पर्यटन का लागी नेपाल आउन चाहने यात्रुहरूका लागी पनि यस उडान ले योगदन गर्नेछ । यो उडानसँगै दुई देशहरू बीचको पर्यटन र कनेक्टिभिटी पनि बढ्नेछ।

निकट भविष्यमा, एयर इन्डिया एक्सप्रेसले मुम्बई मा पनि दैनिक उडानहरू सञ्चालन गर्नेछ। ट्राभल राइट प्रा. लि. नेपालमा एयर इन्डिया एक्सप्रेसको लागि GSA हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *