सल्यानकाे थारमारेमा बृहत महाेत्सव संचालन हुँदै /

फोटो फिचर बिज्ञान / प्राविधि समाचार

बैशाख १२, सल्यान ।

 

सल्यानकाे थारमारेमा बृहत बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएको छ ।

 

युनिभर्सल युथ क्लब थारमारे सल्यानकाे आयोजनामा महाेत्सव संचालन हुने भएको हाे । महोत्सव यही वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।

 

महाेत्सवकाे मुल नारा स्थानीय कला, संस्कृति, कृषि, उद्योग र पर्यटन, व्यापार प्रबर्द्धन गर्ने हाम्रो अभियान भन्ने राखिएकाे छ । महाेत्सवकाे बारेमा जानकारी दिन साेमबार बागचाैरमा पत्रकार सम्मेलनकाे आयाेजना समेत गरिएकाे थियाे ।

 

महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने महाेत्सव संयोजक अनिमेष के.सीले बताए । उनका अनुसार सल्यानमा हुने विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्याेगबाट उत्पादित समाग्रीहरु महाेत्सवमा राखिने छ ।

महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुकाे सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनाेरन्जनात्मक बस्तु राखिने प्रचारप्रसार समितिका संयाेजक सुदिप घर्तीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दैनिक ७ लाख बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

 

महोत्वसव अवधिभर करिब ३५००० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *