कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत /

नेपाल आज फोटो फिचर समाचार

१५ – बैशाख / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । शर्माको विश्वासको पक्षमा २९ जना सांसदले मत दिएका थिए भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका थिए । यससँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

 

शर्मालाई माओवादी, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदले साथ दिए भने एमाले र राप्रपाले बिपक्षमा मत दिएको थियो । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले तेश्रो पटक विश्वासको मत लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *