४-जेठ/ दाङको तुलसीपुरमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । बुधबार बेलुका अन्दाजी साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका-१७ बघौसी स्थित हापुरखोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
रोल्पा रुन्टीगढी गाउँपालिका-६ घर भैहाल तुलसीपुर उपमहानगरपालिका-१७ बस्ने तिलसरी बोहराका १० वर्षिय छोरा बसन्त बोहराको मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका बसन्तको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रमुख मल्लले बताए ।
मृतक बालकको शव पोष्ठमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।