रुकुमपश्चिम जिप दुर्घटना अपडेट पाँच जनाको मृत्यु

११-जेठ/ रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १५ जना सवार थिए । मृत्यु […]

पूरा पढ्नुहोस

काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् 

६ जेठ, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् ।   रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा […]

पूरा पढ्नुहोस

दाङमा नुहाउने क्रममा खोलामा डुबेर बालकको मृत्यु

४-जेठ/ दाङको तुलसीपुरमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । बुधबार बेलुका अन्दाजी साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका-१७ बघौसी स्थित हापुरखोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।   रोल्पा रुन्टीगढी गाउँपालिका-६ घर भैहाल तुलसीपुर उपमहानगरपालिका-१७ बस्ने तिलसरी बोहराका […]

पूरा पढ्नुहोस

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का )

तुलसीपुर, ३०-वैशाख/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का चयन भएका छन् । शनिबार बा्रहकुने दहमा भएको साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएका छन् । त्यसैगरी खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई, किरण बिक्रम शाह, महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी, समावेशी सचिवमा […]

पूरा पढ्नुहोस

तुलसीपुरमा करेन्ट लागेर १ जनाको मृत्यु २ जना गम्भिर घाइते /

दाङ, २० वैशाख । दाङको तुलसीपुरमा जापानिज भाषाको बोर्ड राख्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । मृत्यु हुनेमा जापानिज भाषा पढाउने शिक्षक रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका –१२ निवासी २८ वर्षका महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयो । त्यसैगरी करेन्ट लागेर […]

पूरा पढ्नुहोस

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत /

१५ – बैशाख / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । शर्माको विश्वासको पक्षमा २९ जना सांसदले मत दिएका थिए भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका थिए । यससँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । […]

पूरा पढ्नुहोस

सल्यानकाे थारमारेमा बृहत महाेत्सव संचालन हुँदै /

बैशाख १२, सल्यान ।   सल्यानकाे थारमारेमा बृहत बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएको छ ।   युनिभर्सल युथ क्लब थारमारे सल्यानकाे आयोजनामा महाेत्सव संचालन हुने भएको हाे । महोत्सव यही वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।   महाेत्सवकाे मुल नारा स्थानीय […]

पूरा पढ्नुहोस

हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा

लागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी […]

पूरा पढ्नुहोस

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध […]

पूरा पढ्नुहोस

अतिस औषधीय गुणले भरिपूर्ण जडिबुटी ! यस्ता छन् अतिसका चमत्कारी फाइदाहरु

आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ […]

पूरा पढ्नुहोस